कांग्रेस महाधिवेशन : गण्डकीको सभापतिमा पौडेलको उम्मेदवारी

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापति पदमा रघुनाथ पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा १५ वर्षसम्म जिम्मेवारी सम्हालेका पौडेलले पोखरामा आज पत्रकार सम्मेलन गर्दै सङ्गठनलाई थप मजबुद बनाउनका लागि उम्मेदवारी दिन लागेको जानकारी दिए । गण्डकी प्रदेशका सबै जिल्लाका भूगोलसँग आँफू परिचित रहेको उल्लेख गर्दै उनले २०४६ साल, २०६२/६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा अन्य दल समेतलाई समेट्दै आन्दोलनको नेतृत्व गर्नुका साथै २०५९ देखि २०६७ सम्म सर्वदलीय संयन्त्रको नेतृत्व गरेको उल्लेख गरे ।

प्रदेश सभापतिमा निर्वाचित भएसँगै महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचालन गर्ने, तदर्थवादमा चलेको पार्टी सङ्गठनलाई विधानसम्मत ढङ्गले चलाउने, पार्टीको विविध विभागको यथाशिघ्र गठन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

भातृ सङ्गठनका पदाधिकारी एवं कार्यकर्तालाई पार्टीको इतिहास, नीति तथा सिद्धान्त र पार्टी सरकारमा हुँदा सम्पन्न गरेको कार्यको प्रचारप्रसार गर्न सक्ने बनाउने उनको भनाइ छ । आफ्ना कार्यकर्तालाई विपक्षी दलका कार्यकर्तासँग सैद्धान्तिक बहस गर्नसक्ने बनाउने, आफ्नो पार्टी सरकारमा हुँदा गरिएका राम्रा कामको तथ्याङ्क तयार पारी सार्वजनिक गर्नेसमेत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?