ए डिभिजन लिग : सुमनको गोलमा पुलिस विजयी

लोकपथ
208
Shares

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि सुमन लामाले निर्णायक गोल गरे । उनले खेलको ७०औँ मिनेटमा रवि पासवानको पासमा उत्कृष्ट गोल गरे । लिगमा भोली सोमबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा दिउँसो १ बजे न्युरोड टिम (एनआटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा दोस्रो खेलमा दिउँसो पौने पाँच बजे मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?