निर्वाचनमा गए उपाध्यक्ष भीम रावल पार्टीमा एक्लै पर्ने हो : शेरबहादुर तामाङ

लोकपथ
2.3k
Shares

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा गए उपाध्यक्ष भीम रावल पार्टीमा एक्लै पर्ने शेरबहादुर तामाङले बताएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै तामाङले भीम रावल सहमतिमा नआए ध्वनि मतले ५ मिनेटमा बन्दसत्र टुंगाउने बताए ।

‘७ बजेबाट बन्दसत्र सुरु गर्ने तयारी छ । सहमति भएर आए नामावली वाचन गरेर बन्दसत्र सकिन्छ । भीम रावलजी सहमतिमा आउनुभएन भने ध्वनि मतको आधारमा हात उठाएर ५ मिनेटमा बैठक टुङ्ग्याइन्छ । निर्वाचन प्रक्रियामा गए पार्टीमा भीम रावल एक्लै हुने हो । ठुस्किएर बसे पार्टीमा एक्लै हुने हो ।’ तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?