माओवादीले बैतडीको दोगडा र सिगासमा नयाँ नेतृत्व टुंग्यायो

RSS
91
Shares

बैतडी । नेकपा (माओवादी केन्द्र)ले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ । शनिबार सुरु भएको पालिका अधिवेशनअन्तर्गत जिल्लाको दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिए ।

सम्मेलनबाट दुवै स्थानीय तहमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन भएको हो । दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जनाएको छ । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त विष्टलगायत अन्य सदस्य रहेका छन् ।

यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । सो कमिटीको उपाध्यक्षमा उद्धव धाँमी, लक्ष्मण धाँमी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धाँमी, सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।

अन्य बाँकी आठ पालिकामा पनि मङ्सिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ । माओवादी केन्द्रले पहिलो पटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवत्रूपमा समिति बनाइएको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?