पार्क सफारीमा तयार भयो एमालेको ३०१ जनाको केन्द्रीय कमिटी

लोकपथ
2.1k
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको सूची तयार भएको छ ।

सौराहास्थित पार्क सफारी होटलमा बसेको अध्यक्ष केपी शर्मा ओली निकटका ४ नेताहरुले ३०१ जनाको केन्द्रीय कमिटीको नामावली तयार गरेका हुन् । ती नेताहरुले अध्यक्ष ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नामावली बुझाएको एक नेताले जानकारी दिए ।

गत शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले आइतबार बिहान १० बजे नै बन्दसत्र राख्ने बताए पनि अहिलेसम्म बन्द सत्र सुरु हुन सकेको छैन ।

यसबीचमा ओली नेतृत्व व्यवस्थापनका लागि छलफलमा जुटेका छन् । शुक्रबार बसेको बैठकमा विधान महाधिवेशनले पारित गरेको केन्द्रीय कमिटीको आकार समेत बढाइएको थियो ।

चार नेताहरुले बुझाएको नामावली ओलीले अन्तिम रुप दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?