रावललाई मनाउन ओली निकट नेताहरुको दौडधुप

लोकपथ
2.4k
Shares

काठमाडौं । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनमा गर्नका लागि अध्यक्ष केपी शर्मा ओली नेताहरुसँगको छलफलमा जुटेका छन् ।

सर्वसहमतिमा नेतृत्व चयनमा कठिनाइ देखिएसँगै १० बजे सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

यता पार्टी उपाध्यक्ष भीम रावल भने आफूले अध्यक्ष पद नपाए निर्वाचन मार्फत नेतृत्व चयन हुनुपर्ने माग राख्दै आइरहेका छन् । तर अध्यक्ष ओलीले भने आफ्नो नेतृत्वमा सर्वसहमति गरेर जाने बताएका छन् । आज दिउँसो नेता रावल आफू निकटका नेताहरुसँग छलफल गरी ओलीलाई भेट्न बन्दसत्र स्थल सौराहास्थित होटल सेभेन स्टारमा भेट्न गएका थिए ।

तर ओली होटलमा नपुगेपछि रावल त्यहाँबाट बाहिरिएको रावल निकट एक नेताले लोकपथलाई जानकारी दिए ।

‘उहाँ अध्यक्षमा उठ्ने कुरा पक्का छ । सोही विषयमा छलफल गर्न रावलजी बन्दसत्र स्थानमा पुग्नुभएको हो । ओली पुग्नुभको रहेनछ त्यहाँबाट उहाँ बाहिरिनुभयो । साथै अन्य पदाधिकारी पनि बाहिरिएका छन् ।’ ती नेताले भनेका छन् ।

त्यस्तै रावललाई सहमतिमा ल्याउनका लागि ओली निकट नेताहरुले लबिङ गरिरहेका छन् । यद्यपी ओली र रावलबीच भेटघाट हुन सकेको छैन । ओली निकट नेताहरुले रावललाई सहमतिमा ल्याउन प्रयास गरिरहे पनि रावल निकटका नेताहरु भने आफूहरुको अडान कायम रहेको बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?