काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि अस्तपाल भर्ना गरिएको छ ।
उहाँको स्वास्थ्यमा रक्तस्राव बढेपछि टोखास्थित ग्राण्डी अन्तराष्ट्रिय अस्तापलमा भर्ना गरिएको हो ।
जीवनको एकसय वसन्त पार गर्ने तयारीमा रहेका राष्ट्रकवि घिमिरेमा मुटु, किड्नी र फोक्सोको समस्या देखिएको उहाँका छोरा राजीव घिमिरेले जानकारी दिएका हुन ।
उहाँलाई एक साता अघि ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल भर्ना गरिएको हो
केही हप्तादेखि लैनचौरस्थित निवासमै आराम गरिरहनु भएका कवि घिमिरेको आन्तरिक रक्तस्राव बढेपछि तत्कालै अस्पताल भर्ना गरी हाई केयर युनिटमा राखेर उपचार भइरहेको छ ।
९९ औं वर्षिय राष्ट्रकवि घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।
उपचारका क्रममा उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार भने आउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया