सेयर बजारले मौद्रिक नीतिको समीक्षा पचाउन सकेन, सबै सूचकमा पहिरो

लोकपथ
208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रभाव आइतबार सेयर बजारमा परेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) र सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४/१२ को सीमा संसोधन नगरेसँगै सेयर बजारमा ठुलो प्रभाव पारेको छ । सीडी रेसियो र सेयर धितोको सीमा संसोधन हुने अधिकांशले अपेक्षा गरेका थिए ।

तर राष्ट्र बैंकले उक्त नीतिमा कुनै हेरफेर नै नगरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको गर्यो । योसँगै सेयर बजारमा पहिरो गएका छन् ।

राष्ट्र बैंकले चालू आर्थिक मौद्रिक नीति सार्वजनिक गरेपश्चात नै घटिरहेको बजारमा मौद्रिक नीतिको समीक्षाले पनि प्रभाव पारेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको छ ।

त्यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४५ बिन्दुमा पुगेको छ ।

आइतबार कुल २३४ कम्पनीको एक करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्यमा घटेको छ । आज व्यापार र विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । व्यापार समूहको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ भने विकास बैंकको ५.११ प्रतिशतले घटेको छ ।

आज आईसीएफसी फाइनान्स र सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने हिमालयन पावर पार्टनर, मानुषी लघुवित्त वित्तीय संस्था लगायत कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?