नेतृत्व छान्न ओलीलाई सकस : एमालेदेखि पूर्वमाओवादीसम्मको व्यवस्थापन गर्नुपर्ने

लोकपथ
189
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहेको छ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई हम्मेहम्मे परेको छ । एमालेकै नेताहरु र माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्नेछ ।

सोही क्रममा आइतबार (आज) दिउँसो पूर्व माओवादीका नेताहरुले ओलीसँग भेटघाट गरेका छन् । ओलीले भेटको क्रममा पूर्व माओवादीबाट एमालेमा आएका नेताहरुलाई मर्का नपर्नेगरी व्यवस्थापन हुने प्रतिबद्धता जनाएको एक नेताले लोकपथलाई जानकारी दिए । ओलीको भनाइलाई उद्रृत गर्दै ती नेताले भने, ‘पूर्व माओवादीसँगको भेटमा अध्यक्षले मर्का नपर्ने गरि व्यव्यस्थापन हुन्छ । ढुक्क हुनुस् भन्नुभएको छ ।’

तीन नेताका अनुसार ओलीसँगको वार्ताका क्रममा पूर्व माओवादीबाट २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्न ओली तयार भएका छन् ।

उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि माओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका हुन् ।

ती नेताका अनुसार पूर्व माओवादीबाट उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको प्रस्ताव गरिएको थियो । तर ओलीको भने त्यसबारे स्पष्ट जवाफ नआइसकेको ती नेताको भनाइ रहेको छ ।

नेतृत्व व्यवस्थापनमा लागिरहँदा पार्टी उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा चुनाव लढ्ने अडान कायमै राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?