नेतृत्वलाई प्रकाशमानको प्रश्न, ‘बहुमत आउनुपर्नेमा २३ सिटमा झार्ने ?’

लोकपथ
260
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताएका हुन् ।

नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै नेता सिंहले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताए ।

नेता सिंहले भने, ‘झन्डै दुई तिहाइ मत हामीले प्राप्त गर्नुपर्ने हो, १६५ मा २३ सिटमा झर्ने ? यस्तो नेतालाई हामीले फेरि राख्यो भने अब स्थानीय निर्वाचन आउँदैछ, प्रान्तीय निर्वाचन आउँदैछ, संघीय निर्वाचन आउँदैछ । जो कि जनताबाट जसको नेतृत्वमा कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी गरेको संविधानलाई संस्थागत गर्न मत माग्न जाँदा भोट हामीलाई आउनु पर्नेमा नआएको कारणले गर्दा नेतृत्वमा कमजोर छ भन्ने कुरा प्रमाणित हुन्छ । नेतृत्वको परिवर्तन आवश्यक छ । नेतृत्व परिवर्तनमा साथ छ कि छैन भन्ने कुरा काठमाडौं जिल्लाको अधिवेशनको मत परिणामबाट थाहा हुन्छ । बेथितीबाट पार्टीलाई विधि, नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ ।’

नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?