काठमाडौंमा कांग्रेस अधिवेशनको मतदान जारी : ६ सय मत खस्यो

लोकपथ
780
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौंमा आज जिल्ला अधिवेशनको मतदान भइरहेको छ ।

राष्ट्रिय सभा गृहमा भइरहेको मतदानमा अहिलेसम्म ६ सय मत खसेको छ । ३३ सय प्रतिनिधि रहेको काठमाडौंको मतदान सौहार्दपूर्ण रुपमा सञ्चालन भइरहेको मतदान अधिकृत महेश्वर भण्डारीले लोकपथलाई जानकारी दिए ।

सो बारेमा लोकपथलाई जानकारी दिँदै मतदान अधिकृत महेश्वर भण्डारीले भने, ‘अहिलेसम्म ६ सय मत खस्यो । मतदान सौहार्दपूर्ण वातावरणमा भइरहेको छ ।’

काठमाडौंमा कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच प्रतिष्पर्धा भइरहेको छ । बानियाँलाई कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन रहेको छ । भने कार्कीलाई संस्थापनसहित सिटौला समूहको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?