माओवादीले टुंग्यायो ताप्लेजुङका ८ स्थानीय तहमा नयाँ नेतृत्व

RSS
130
Shares

ताप्लेजुङमा । ताप्लेजुङमा नौ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने सोमबार अधिवेशन गर्ने तयारी रहेको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक विजयप्रकाश वनेमले बताए । उनका अनुसार फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अध्यक्षमा गङ्गाराम शङ्कर चयन भएका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मुक्ति लावुङ, मेरिङ्देन गाउँपालिकामा सुजन सामेखाम, आठराई त्रिवेणी गाउँपालिकामा घननाथ गौतम (घनु), सिदिङ्वामा अमर इदिङ्गो, मैवाखोलामा आलोक शेर्पा, पाथीभरा याङ्वरकमा दिलीप पौडेल र सिरिजङ्गामा चित्र मावो अध्यक्ष रहेको कमिटी बनेको छ ।

भोलिसम्म मिक्वाखोलाको अधिवेशन सकिएसँगै माओवादी केन्द्रले ताप्लेजुङका सबै स्थानीय तहमा पालिका समन्वय कमिटीमा नयाँ नेतृत्व चयन गरिसक्ने नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?