नुवाकोटमा माओवादीको नगर सम्मेलन : बेलकोटगढीमा सर्वसम्मत नेतृत्व चयन

लोकपथ
156
Shares

नुवाकोट । माओवादी केन्द्रको पालिका अधिवेशन अन्तर्गत जिल्लाको बेलकोटगढी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

शनिबार बेलकोटगढी(८ मा सम्पन्न अधिवेशनबाट शिव प्रसाद पौडेलको अध्यक्षतामा कमिटी गठन भएको छ । माओवादी केन्द्र बेलकोटगढीको दोस्रो अधिवेशनबाट उपाध्यक्षहरु धनबहादुर तामाङ, कौशिला पुडासैनी र रामचन्द्र ढुङ्गाना चयन भएका छन् ।

त्यसैगरी सचिवमा मनराज गुरुङ, कोषाध्यक्षमा सञ्जु श्रेष्ठ, सहसचिवमा चन्द्र बहादुर तामाङ ‘जनम’ सहित कार्यसमिति गठन गरिएको छ ।

त्यस्तै जिल्लाको अन्य पालिकाहरुमा पनि शनिबार नै अधिवेशन सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?