प्रदेशसभा सदस्य उम्मेद्वार नेकपामा प्रवेश

काठमाडौं – प्रदेश नं. २ ‘ख’ बाट प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहेका नेता मोहम्मद डोमन नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । 

आज बिहान अध्यक्ष प्रचण्डले नेता डोमनलाई स्वागत गर्दै आर्थिक समृद्धिको अभियानमा सबै नेपाली गोलबन्द हुन जरुरी भएको बताए।

नवप्रवेशी डोमनले देशको विकास अब नेकपाबाट मात्र सम्भव भएकोले आफू यो पार्टीमा लामवद्ध भएको बताए।

लामो समय राष्ट्रिय जनता पार्टीमा रहेका डोमन मधेसका लोकप्रिय नेता हुन् । पछिल्लो समयमा राजपा परित्याग गरी उनी स्वतन्त्र रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?