उपत्यकाका सातवटा क्यासिनोमा छापा मारी प्रहरीले दुई जना पक्राउ गरेको छ ।
गैर कानुनी रुपमा नेपालीहरु लाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलिले उपत्यकामा सञ्चालित सातवटा क्यासिनोमा छापा मार्दा दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गर्दा ६६ वर्षका सेते लामा र क्यासिनोका म्यानेजर बिश्व श्रेष्ठलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका लामा र श्रेष्ठलाई जुवा ऐन अनुसार कारबाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको छ ।
जुवा ऐन, २०२० अनुसार जुवा खेलेमा पहिलो पटकलाई २०० रुपैयाँ सम्म जरिवाना, दोस्रो पटकलाई एक महिनासम्म कैद र तेस्रो पटक देखीको लाई १ वर्ष सम्म कैदको कानुनी व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया