सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, भारी अंकले घट्यो नेप्से

लोकपथ
975
Shares

काठमाडौं । सेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले गरेको चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रभाव सेयर बजारमा परेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) र सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४/१२ को सीमा संसोधन नगरेसँगै सेयर बजारमा ठुलो प्रभाव पारेको छ ।

बजार खुलेको २ घण्टा बित्दा सेयर बजारमा पहिरो गएको छ । यो अवधिसम्म सेयर बजारमा ६०.८१ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १ बजेसम्म नेप्से परिसूचक ६०.८१ अंकले घटेर २६७०.९७ बिन्दुमा झरेको छ ।

यता ठूला कम्पनीहरुको कारोबार मापक नेप्से परिसूचक पनि ११.०७ अंकले घटेर ५०४.५७ बिन्दुमा पुगेको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्यमा घटेको छ । यो अवधिसम्म २ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?