३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई आज काठमाडौंबाट पक्राउ गरि सार्वजनिक गरिएको छ ।
गोरे काठमाडौंमा रहेको सूचना पाएपछि प्रहरीले खोजी कार्य तिव्र पारेको थियो । गोरेलाई आज बिहान ५ ः३४ बजे काठमाडौंको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।
प्रहरीकै संलग्नता देखिएपछि गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो।
सार्वजनिक गराउँदा गोरेको मुख छोपिएको थियो भने उनले रातो क्याप लगाएका थिए। पत्रकारहरुले क्याप खोल्न अनुरोध गर्दा गोरे आक्रमक हुँदै अश्लिल शब्द प्रयोग गरेका थिए।
३३ केजी सुन तस्करी र गायव भएको प्रकरणले उग्र रुप लिँदा ३ जनाको ज्यान गइसकेको छ। प्रहरीका उच्च अधिकृतसहित ३२ जना यस काण्डमा पक्राउ परेका छन्। त्यसैले पनि प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया