आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

लोकपथ
338
Shares

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा यसको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?