कपिक्याट : बलिउड फिल्मको कहानीबाट बनेका यी हलिउडका चर्चित फिल्म

काठमाडौं । हलिउडबाट प्रेरित भएर बलिउडमा बन्ने धेरै फिल्मको बारेमा तपाईँले सुन्नुभएकै होला । यी चलचित्रहरूमा दुश्मन, ऐतराज, बाजगीर, मर्डर, अग्निपथ र बागबानजस्ता धेरै ठूला नामहरू छन् ।

बलिउडका निर्देशकहरूले नयाँ–पुराना हलिउडका धेरै फिल्मबाट आइडिया लिएर फिल्म बनाउने गरेका छन् । तर के तपाईँलाई त्यस्ता फिल्मबारे थाहा छ, जसलाई हलिउडका निर्देशकहरुले बलिउड फिल्मको आइडिया लिएर बनाएका छन् ?

हो, थाहा पाउँदा तपाईँ छक्क पर्नुहुनेछ । यो सत्य हो । यी फिल्महरूमा बलिउडका धेरै ठूला हिट फिल्महरू समावेश छन्। आउनुहोस्, आज ती बलिउड फिल्महरूबारे जानौं जसबाट प्रेरित भएर हलिउडमा फिल्म बनेका थिए।

डेलिभरी म्यान (२०१३)

डिलीवरी मैन और विकी डोनर

फिल्म ‘डेलिभरी म्यान‘ सन् २०१३ मा रिलिज भएको थियो । यो २०१२ को बलिउड फिल्म ‘विक्की डोनर’को कथाबाट प्रेरित थियो। डेलिभरी म्यान कमेडी ड्रामा फिल्म थियो । यो फिल्ममा हिरोको शुक्रकीट दानबाट ५३३ बालबालिका जन्मिएका छन् र तीमध्ये १४२ जनाले आफ्नो पहिचान जान्न अदालतमा मुद्दा हालेका छन् ।

पर्ल हार्बर (२००१)

पर्ल हार्बर

सन् २००१ मा हलिउडमा बनेको ‘पर्ल हार्बर’ चर्चामा थियो । युद्धको पृष्ठभूमिमा बनाइएको यो चलचित्र त्रिकोणात्मक प्रेममा आधारित थियो । तर यस फिल्ममा देखाइएको प्रेमकथा बलिउडको क्लासिक फिल्म संगममा आधारित थियो । चलचित्र संगम सन् १९६४ मा बनेको थियो ।

लीप इयर (२०१०)

लीप ईयर

रोमान्टिक कमेडी फिल्म ‘लीप इयर’ सन् २०१० मा रिलिज भएको थियो। यस फिल्मका निर्देशक आनन्द टकर थिए । यो फिल्म सन् २००७ मा आएको बलिउड ब्लकबस्टर फिल्म ‘जब मी मेट’को कथाबाट प्रेरित थियो। दुवै चलचित्रको कथा समान छ ।

ए कमन म्यान (२०१३) 

ए कॉमन मैन

फिल्म ’ए कमन म्यान’ १५ मार्च २०१३ मा रिलिज भएको थियो। यस फिल्मको कथामा एक संदिग्ध आतंकवादीले कोलम्बो सहरका पाँच स्थानमा बम राख्छ। चारजना कैदीलाई जेलबाट रिहा गरिनुपर्छ भन्ने ती आतंकवादीको माग छ । यो कथा पढेपछि तपाईँले बुझ्नुभएको होला कि यो फिल्म सन् २००८ मा नीरज पाण्डेको फिल्म ‘ए वेनस्डे’बाट प्रेरित हो ।

जस्ट गो विथ इट (२०११)

जस्ट गो विद इट

हलिउड फिल्म ‘जस्ट गो विथ इट’ सन् २०११ मा रिलिज भएको थियो । यस फिल्मका निर्देशक डेनिस डुगन थिए। यो फिल्म सन् २००५ मा आएको बलिउड फिल्म ‘मैने प्यार क्यूं किया’को कथाबाट प्रेरित भएको हो । यी दुवै फिल्मको कथा उस्तै थियो, जसमा एक विवाहित पुरुष नाबालिग प्रेमिकासँग प्रेममा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?