नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत

लोकपथ
377
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवको राजीनामा स्वीकृत भएको छ । यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिएका हुन् ।

सभापति देउवाले पार्टी विधान बमोजिम राजीनामा स्वीकृत गरेका हुन् ।

यादवको राजीनामा स्वीकृत भएसँगै सोही समितिका वरिष्ठ सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई संयोजकमा मनोनयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?