जिम ड्रेसमा मलाइकाको ‘बोल्ड अवतार’

लोकपथ
130
Shares

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो इन्स्टाग्राम स्टोरीमा धेरै तस्बिर र भिडियो सेयर गर्ने गरेकी छिन् । बेला–बेला उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गर्ने गरेकी छिन् ।

उनले हालसालै एक भिडियो अपलोड गर्दै आफ्नो फिटनेस पनि देखाएकी छिन् । मलाइकाले एक बोल्ड तस्बिर सेयर गरेकी छिन्, जसमा उनी जिम ड्रेसमा देखिएकी छिन् ।

यसबाहेक एउटा भिडियोमा मलाइका अरोराले घाँटी हल्लाउँदै सेल्फी लिइरहेकी छिन् । मलाइका अरोराले आफ्ना फिटनेसका तस्बिर र भिडियो फ्यानका लागि सेयर गर्नेगरेकी छिन् ।

उनले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको तस्बिरमा उनी आकर्षक पोशाकमा देखिएकी छिन् । बोल्ड पहिरनमा पोज दिँदा मलाइका निकै सुन्दर देखिएकी छिन् । अरबाज खानसँगको सम्बन्धविच्छेदपछि मलाइका अरोरा अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् ।

डेटिङ गर्दा प्रायः दुवैबीचको भेट स्पट हुन्छ। दुवै धेरै पटक डिनरमा पनिसँगै देखिएका छन् । यसअघि मलाइका अरोरालाई उनको पहिरनका कारण नराम्रोसँग ट्रोल गरिएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको सर्ट आउटफिटलाई लिएर नराम्ररी ट्रोल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?