काठमाडौं । लागूऔषध कारोवारका लागि उपत्यकाको मुख्य एजेण्ट भनिएका शुभनारायण यादव पुनः पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनकपुर निवासी यादवलाई केही दिनअघि लागूऔषध सहित काठमाडौंबाट पक्राउ गरेको थियो । लागूऔषध कारोवारको सञ्जाल भत्काउन प्रहरीलाई सुराकीको रुपमा सहयोग गर्ने नाममा गत शुक्रवारवाट सम्पर्क विहीन भएका यादवलाई सोमवार पुनः जनकपुरबाट पक्राउ गरिएको हो ।
यसैगरी औषधिजन्य लागूऔषधको कारोवारका लागि उपत्यकाका मुख्य एजेण्टका रुपमा काम गर्दै आएका यादवसंगै वीरगञ्जका राजनन्दन यादव र सर्लाहीका मुकेश साह पनि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले लागूऔषध मुद्धामा फरार भएका यादव पुन ठूलो परिमाणको लागूऔषध सहित पक्राउ परेको जानकारी दिए । यी तीन जनाको पक्राउसंगै भारतबाट काठमाडौंसम्मको लागूऔषधको एउटा सञ्जाल तोड्न प्रहरी केही हद सफल भएको छ । उनले भने “लागूऔषध कारोबारजस्तो जघन्य अपराधमा प्रहरी जस्तोसुकै निर्दयीबन्न तयार छ । ”
गत जेठ ३ गतेबाट तीनहजार एम्पुल लागूऔषध बोकेर काठमाडौं आएका मुकेश र कोटेश्वरस्थित शुभनारायणकको कोठाबाट छसय एम्पुल गरी ३६ सय एम्पुल बरामद भएको छ । कमलपोखरी वृत्त प्रमुख कुलदिप चन्दले यो घटनाको अनुसन्धानका क्रममा करीव चारहजार एम्पुल लागूऔंषध बरामद भइ सकेको जानकारी दिए । वृत्त कमलपोखरीका अनुसार, शुभनारायण यादवको साथबाट डाइजाल्याव एकसय, नुरफिन एकसय, फेनारगन एकसय ९८, नाइटोभेट दुईसय ५० एम्पुल पहिलो पटक र दोस्रो पटक सातसय एम्पुल गरी १२ सय एम्पुल र लाइफलाइन सिरिन्ज चार वटा बरामद भएको छ ।
त्यस्तैं, जनकपुरबाट लागूऔषध बोकेर काठमाडौं आएका मुकेश साह र लागूऔषधको नगद बुझ्न विरगन्जबाट काठमाडौं आएका राजनन्दन यादवको साथबाट डाइजेल्याव पाँचसय, नोर्फिन १३ सय, फेनारगन दुईसय एम्पुल, ल्यार्वोरेट आठसय र निटोभेट छसय ट्यावलेट बरामद भएको छ । प्रहरी नायव उपरीक्षक चन्दले भने, हामी धेरै परिमाणको लागूऔषध सहित ठूलो सञ्जाल तोड्ने तयारीमा छौं । तर, अपेक्षाकृत सफलता हात पर्न सकेको छैन ।
उनका अनुसार, औषधि जन्य लागूऔषध कारोवारका लागि काठमाडौं उपत्यकाको एजेण्ट कै रुपमा खटिएका शुभनारायणले भारतको विहारबाट स्कारपियो गाडी नै रिजर्भ गरी लागूऔषध काठमाडौं भित्र्याउने गरेको पाइएको छ ।
शुभनारायणको पक्राउ नै प्रहरीका लागि सबैभन्दा ठूलो सफलता हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन, यति परिमाणको लागूऔषध सहित सामानको मूल्यको डिल गर्नेदेखि भरियासम्म पक्राउ परेका छन् । पक्राउ परेको लागूऔषध नेपाली बजारमा २५ लाखभन्दा बढीमा कारोबार हुने प्रहरीको अनुमान छ ।
शुभनारायणको चलाखीमा प्रहरीको आई अलर्ट
लागूऔषध कारोवारका लागि उपत्यकाको मुख्य एजेण्ट भनिएका शुभनारायण यादवलाई प्रहरीले काठमाडौ जिल्ला अदालतबाट लागू औषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान गरिरहेको थियो । यादबकै सहयतामा अन्य लागूऔषधपनि समाउनु प्रहरीसामू चुनौती थियो । उनलाई नै फोन गरेर आएको अन्य लागूऔषध पनि पक्राउ गर्ने चुनौती प्रहरीसामु थियो ।
सोही अनुरुप प्रहरीले शुभनारायणलाई लागूऔषध डिल गर्न सुन्धाराको एक होटलमा लग्यो । भने अनुरुप डिल पनि भयो तर शुभनारायण पिसाब फेर्न जाने नाममा होटलको तिस्रो तल्लाबाट हाम फल्न खोजे र पाइपको साहरामा तल झरेपनि । प्रहरी दोधारमा पर्यो अब शुभनारायणलाई तत्काल पक्राउ गर्ने वा अन्य लागूऔषध कारोबारको पोइन्ट फेला पार्न उनको फलो गर्ने ।
अनुसन्धान साथै फिल्ड सम्हालेका प्रहरी निरिक्षक(इन्पेक्टर) केसर न्यौपानेले कार्यालय प्रमुख कुलदिन चन्दलाई शुभनारायण भाग्न खोजेको र फलो गरिरहेको जानकारी गराए । महानगरिय प्रहरी परिसर प्रमुख विश्वराज पोखरेललाई पनि सोही अनुसार जाहेरी भयो र प्रहरीले दुई टोलस्ी बनाएर शुभनारायणलाई फलो गर्यो । यसरी फलो गर्दै गर्दा उनको कोठाबाट थप लागूऔषध बरामद भयो । भने अझै प्रहरी अरु परिमाणपनि पक्राउ हुनेमा आशावादी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया