कट्रिना र सलमानको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल, फ्यानहरुको यस्तो प्रतिक्रिया

लोकपथ
2.6k
Shares

काठमाडौं । अहिले कट्रिना कैफ र विक्की कौशलको विवाहकाे विषय निकै चर्चामा छ । रिपोर्टका अनुसार यी जोडीले डिसेम्बरमा विवाह गर्दै छन् ।

तर, अहिलेसम्म दुवैले आफ्नो विवाहको बारेमा कुनै पनि कुरा गरेका छैनन् । उनीहरु दुवैले राजस्थानको ७०० वर्ष पुरानो किल्लामा शाही पदयात्रा गर्नेछन् । यी दुईको विवाहको पहिरनदेखि लिएर उनीहरुको पाहुनाको सूचीसम्मका पूर्ण जानकारी फ्यानहरुले पाएका छन् ।

सलमान खान, कट्रिना कैफ

तर यसैबीच अहिले कट्रिना र सलमानको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सलमान खान र कट्रिना कैफको जोडीलाई दर्शकले निकै रुचाएका छन् । यी दुईका फ्यानहरुको सधैं चाहना रहँदै आएको छन् । हालै उनीहरुको विवाहको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा कट्रिना र सलमान प्याभिलियनमा देखिएका छन् । भाइरल भिडियोमा दुवैले एकअर्काको माला लगाएको देखिन्छ ।

कट्रिना कैफ, विक्की कौशल

सलमान र कट्रिना कैफको यो भिडियोलाई फ्यानले निकै मन पराइरहेका छन् । तर यो वास्तविक जीवनको होइन तर उनको फिल्मको सुटिङको भिडियो हो। विक्की र कट्रिनाको विवाहको खबरबीच  याे निकै भाइरल भइरहेको हाे । यो भिडियोलाई सलमान खानका फ्यानहरुले निकै मन पराएका छन् ।

फ्यानहरूले भनेका छन् कि यो भविष्य हो, यो भिडियोमा मानिसहरूको विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्। यो भिडियो हेरेपछि एक प्रयोगकर्ताले लेखेका छन्, ‘विक्की कौशलले जति प्रयास गरे पनि यो दुवैको भविष्य हो।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘के सलमान खानले रिल लाइफमा मात्रै कट्रिनासँग बिहे गर्न सक्छन् ?’

सलमान खान फ्यान क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?