एमाले महाधिवेशनको रौनक : सर्वसहमतिको प्रयास, रावलको पर्चा बाँड्न रोक

लोकपथ
416
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका भीम रावलको पर्चा वितरणमा रोक लगाइएको छ ।

बन्दसत्रको दोस्रो दिन आइतबार महाधिवेशनस्थल चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर पर्चा बाडिँरहेका रावलका कार्यकर्ताहरुलाई रोक लगाइएको हो । बन्दसत्रहलमा पत्रसहित प्रवेश गर्न लागेका रावलका कार्यकर्तालाई स्वंयसेवकहरुले पर्चा बाँड्न अवरोध गरेका हुन् ।

रावलका कार्यकर्ताहरुले ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?’ लेखिएको पत्र बाँडेका छन् । तर सर्वसहमतिको तयारी भइरहेका बेला उक्त पर्चा बाँड्न नपाइने भन्दै अवरोध गरिएको एक नेताले लोकपथलाई जानकारी दिए । हातमा पर्चा लिएका रावलका कार्यकर्ताहरुलाई पर्चा बाहिर नदेखाउनका लागि स्वंयसेवकहरुले निर्देशन दिएका छन् ।

शुक्रबारबाट एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । आजसम्म चल्ने महाधिवेशनमा ओलीलाई नै अध्यक्ष बनाउने तयारी भइरहेको छ । भने अन्य पदाधिकारीसहित केन्द्रीय सदस्यहरु समेत सर्वसम्मत ढंगले चयन गर्ने तयारी थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?