विश्वकप छनोट : यूएईविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

लोकपथ
637
Shares

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) आयोजक यूएईसँग भिड्दै छ ।

नेपाल र यूएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा ११:१५ बजे सुरु भएको हो ।

नेपाललाई ग्लोबल छनोटमा स्थान बनाउन युएईविरुद्ध जित मात्र पर्याप्त नभई नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ । प्रतियोगिताअन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।

अंक तालिका अनुसार लगातार चार खेल जित्दै यूएई ८ अंकसहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ । यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडे पनि नेट रनरेटमा भने नेपाल अगाडि छ ।

ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आइतबार नै कुवेतविरुद्ध खेल्नेछ । मलेसिया (२ अंक), भुटान (२ अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?