कांग्रेसको १४औँ महाधिवेशन : काठमाडौंमा केहीबेरमा निर्वाचन सुरु हुँदै

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको जिल्ला अधिवेशन आज हुँदैछ ।

निर्वाचनका सबै प्रक्रियाहरु पूरा भइ केहीबेरका निर्वाचन सुरु हुन लागेको छ । उम्मेदवारहरुको मनोनयन भइ निर्वाचनको अन्तिम तयारी भइरहेको मतदान अधिकृत महेश्वर भण्डारीले लोकपथलाई जानकारी दिए ।

‘मनोनयन सकिएर निर्वचनको अन्तिम तयारी भइरहेको छ । केहीबेरमा निर्वाचन सुरु हुन्छ । निर्वाचन सभ्य र भव्य तरिकाले सम्पन्न गर्नका लागि तयारी भएको छ ।’ भण्डारीले लोकपथसँग भने ।

देशको राजधानी भएकाले काठमाडौंको निर्वाचनलाई चासोका रुपमा हेरिएको छ । सभापतिमा कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच प्रतिष्पर्धा हुँदैछ । बानियाँ बहालवाला सभापति हुन् उनले दोस्रो कार्यकालका लागि प्रतिष्पर्धा गर्न लागेका हुन् । बानियाँलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, गगन थापा लगायतको समर्थन रहेको छ । भने कार्कीलाई संस्थापन पक्ष र सिटौला पक्षको समेत समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?