बुन्डेसलिगा : सानेको गोलमा बायर्न म्युनिख विजयी

लोकपथ
63
Shares

काठमाडौं । बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले अर्मिनियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा लोरी सानेले खेलको ७१ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै बायर्न १३ खेलमा ३१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

अर्मिनिया ९ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?