बार्सिलोनाको जितमा भिल्ला रियल स्तब्ध

लोकपथ
416
Shares

काठमाडौं । स्पेनिस लिगमा बार्सिलोनाले जित हात पारेका छन् । शनिबार राति घरेलु टोली भिल्ला रियलमाथि बार्सिलोनाले ३–१ गोल अन्तरको जित हात पारेको हो ।

बार्सिलोनाका लागि फ्रेन्की डि जोङ मेम्फिज डिपे र फिलिप कौटिन्होले एक एक गोल गरे । भिल्ला रियलका स्यामुअल चुक्केन्जेले एक गोल गरेपनि खेलमा फर्कन भने सकेनन् ।

यस सिजन बार्सिलोनाले ७ खेलमा जित हात पारेको छ । बार्सिलोना शीर्ष चारको क्लब एट्लेटिको मड्रिड भन्दा ३ अंकले र शीर्ष स्थानको रियल मड्रिड भन्दा ७ अंकले पछि छ ।

बार्सिलोना २३ अंक सहित सातौं स्थानमा छ । भिल्ला रियल १६ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?