तपाइँको आजको दिन कस्तो रहनेछ ? राशिफल हेर्नुहोस्

RSS
1.2k
Shares

वि.सं.२०७८ साल मंसिर १२ गते । आईतबार । ईश्वी सन् २०२१ नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–नवमी, रातको १२ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी ०६ बजेर ०३ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–विश्कुम्भ । करण–तैतिल, दिउसो १२ बजेर ३६ मिनेट उप्रान्त गर, रातको १२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा विलाशी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : साथीभाइ तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : न्यालयसँग सम्वन्धीत कामहरु धाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धब हरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछी परिनछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : ढिलासुस्ती तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापारमा लगानी गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । अध्ययनको लागी समय प्रतिकुल रहेकोछ भने प्राप्ताङक आफुतिर ल्याउन निकै मेहनेत गर्नु पर्नेछ । पुख्र्यौली सम्पती तथा भौतिक सम्पतिमा बिवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाईनेछ । तरपनि प्रेममा नजिक हुन सकिनेछ । व्यापारी,बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमिल जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) : आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहरुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : पढाइलेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट सुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृती तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागी आजको दिन मध्ययम रहेकोछ । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइलेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिश्पर्धामा अरुभन्दा पछी परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाइला पाइलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?