भीमसेनदास प्रधानद्वारा प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेका नेता भीमसेनदास प्रधानले पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेता प्रधानले आज शान्तिबाटिका रत्नापार्कमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

घोषणासभामा उनले संविधानको मर्म र भावनाअनुरुप सङ्घीयताको संस्थागत विकास गराउनका लागि आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।

नेता प्रधानले सङ्घीयता कार्यान्वयन फितलो रहेको बताउँदै आफू बागमती प्रदेश सभापति भएमा सङ्घीयताको संस्थागत विकासका लागि काम गर्ने उल्लेख गरे ।

“सङ्घीय संरचनाअन्तर्गत संविधानमा तीन तहको व्यवस्था गरेको छ, पार्टीको तीन तहको संरचना बनेको छ, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्यो भने एउटा पहिचान बन्छ”, उनले भने । उनले प्रदेशभित्रका सबै जिल्लासँग समन्वय गरी बागमती प्रदेशलाई नमूना प्रदेश बनाउने आफ्नो आशय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?