कवि माया गुरुङद्वारा लिखित ‘जिन्दगी’ सार्वजनिक

लोकपथ
416
Shares

काठमाडौं । बेलायतमा कर्मथलो बनाइरहेकी अनेसास केन्द्रका सदस्य कवि मायादेवी गुरुङद्वारा लिखित कविता कृति ‘जिन्दगी’ को आज एक भव्य समारोहबीच विमोचन भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डाक्टर जगमान गुरुङज्यूको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन भएको हो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरी,बिओटी सल्लाहाकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङ, अनेसास सल्लाहाकार राधेश्याम लेकाली, सुमलकुमार गुरुङ, समाजसेवी रत्नबहादुर गुरुङ, रत्न बहादुर गुरुङ, सत्यराज गुरुङ, विजय गुरुङ, अनेसास नेपाल च्याप्टरका सल्लाहाकार प्रा.डा. रामप्रसाद दाहाल, समालोचक लीला लुइँटेल, ज्ञानु अधिकारी, कवि राजेन्द्र सलभ, पत्रकार एवम् साहित्यकार जयदेव भट्टराई, ठाकुर वेल्वासे, उलसीहरी कोइराला,अनेसास पुरस्कार समितिका सदस्य एवम् बोस्टन च्याप्टर अध्यक्ष दीपा पुन राई, लगायत थुप्रै साहित्यिक मन मुटुहरूको गरिमामय उपस्थिती रहेको थियो ।

No description available.

अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने सम्पूर्ण अतिथिज्यूहरूले शुभकामनाका शब्दहरू पस्केका थिए । समालोचक ज्ञानु अधिकारीले कृतिका बारेमा समीक्षा प्रस्तुत गरिन् भने कृतिकारका बारेमा सुमलकुमार गुरुङज्यूले बोलेका थिए ।

लेखकका जीवनसाथी विजय गुरुङ साथै अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरी र सदस्य रञ्जना निरौलाले कृतिभित्रबाट कवित वाचन गरेका थिए । लेखक माया गुरुङले आफ्नो लेखकीय मन्तव्य राख्दै आमा शीर्षकको कविता वाचन गर्दैगर्दा सभा स्तब्ध भएको थियो । यो गरिमामय कार्यक्रम सँचलानको भूमिकामा अनेसास केन्द्रका सदस्य डा। रेणुका सोलु रहेकी थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?