कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र सुदृढ हुन्छ : गृहमन्त्री खाँण

लोकपथ
0
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भई संविधान कार्यान्वयनमा सहज हुने बताएका छन् । नेपाली कांग्रेस रुपन्देही जिल्ला अधिवेशन घोषणासभालाई आज भैरहवामा सम्बोधन गर्दै उनले कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विधिको शासन अवलम्बन हुने उल्लेख गरे ।

गृहमन्त्री खाँणले भने, “नेपाली कांग्रेस कमजोर भएमा जनता मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यता, संविधान र जनताको मौलिक अधिकार कमजोर हुन्छ ।” जनता र संविधान सवल तुल्याउन, शान्ति सुरक्षा कामय गर्न तथा मुलुकलाई समृद्धि र विकासतर्फ लैजान कांग्रेसलाई बलियो तुलाउन आवश्यक रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का तुल्याउन अधिवेशनमार्फत रुपन्देहीले नयाँ आयम, सन्देश र नमूना प्रस्तुत गरेको भनी प्रशंसा गरे ।

नवनिर्वाचित सभापति रामकृष्ण खाँणले निर्वाचित सदस्यलाई पार्टीलाई गतिशिल साझा तथा कार्यकर्तालाई उत्साहित तुल्याएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने मुख्य दायित्व लिएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा सहभागी अन्य वक्ताले राजनीतिकका कारण मात्र मात्र होइन विविध हिसाबले रुपन्देहीले सम्भावना बोकेकाले नवनिर्वाचित क्षेत्रीय, नगर र पालिकासभापति एकढिक्का भएर पार्टी हितका लागि अघि बढन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?