कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

लोकपथ
754
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।

सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे। उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् । शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो ।

सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?