पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा ओलीलाई

लोकपथ
286
Shares

काठमाडौं । नेकपा एकालेको १० औं महाधिवेशन अन्तरगतको पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् ।

१९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले पाएका हुन् ।

चितवनमा जारी दशौं महाधिवेशन बन्दसत्रको सिंगो हलले अध्यक्ष ओलीलाई उक्त जिम्मेवारी दिएको हो ।

‘सिंगो हलले अध्यक्ष केपी शर्मा ओलीलाई १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी दिएको छ’ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?