एमालेले भोलि नै महाधिवेशन सक्ने, सहमतिमा नेतृत्व चयन हुने

लोकपथ
377
Shares

काठमाडौं । एमालेले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले तोकिएकै समयमा भोलि १२ गते महाधिवेशन सक्ने बताएका हुन् ।

उनले महाधिवेशन सम्पूर्ण रुपमा सहमतिमा नेतृत्व चयन गरेर १२ गते समापन हुने पनि बताए । एमालेमा सहमतिमा नेतृत्व चयनको पहल गरिरहेको भएपनि ठोस आकार भने आइसकेको छैन ।

एमालेको महाधिवेशन शुक्रबार उद्घाटन भएको थियो भने आज अपरान्ह बन्दसत्र सुरु भएको थियो ।

बन्दसत्र नै सुरु हुँदा नै ढिला हुँदा महाधिवेशन नै लम्बिने हो कि भन्ने आशन्काकाबीच एमालेले यस्तो बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?