हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
182
Shares

१. विधान महाधिवेशनबाट पारित भएको निर्णय कार्यान्यवनमा असन्तुष्टि भएपछि एमाले महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा ५ घण्टा ढिला सुरु, केन्द्रीय कमिटीको आकार बढाएर २ सय २५ बाट ३ सय १ सदस्यीय बनाइयो

२ विरोधीहरुको जालझेल र षडयन्त्रका कारण एमाले सत्तापक्षबाट प्रतिपक्षमा पुगेको अध्यक्ष ओलीको आरोप, पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको भन्दै एकतामा जोड दिन नेता कार्यकर्तालाई आग्रह

३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरे भर्चुअल माध्यमबाट देशव्यापी नगरस्तरीय अधिवेशनलाई सम्बोधन, माओवादी केन्द्र कमजोर भयो भने देश दुर्घटनामा पर्ने प्रतिक्रिया

४ भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीनको समस्या समाधान गर्न सरकार तयार रहेको भूमिमन्त्री शशि श्रेष्ठको भनाइ, कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैँका लागि अन्त्य हुने दाबी

५ नेपाली कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक रहेको कांग्रेस नेता सिंहको भनाइ, महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख

६ महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व ल्याउनैपर्ने नेपाली कांग्रेसका नेता गगन थापाको माग ,नेपाल बदलिन्छ भन्ने विश्वास दिनसक्ने कांग्रेसको नेतृत्व चाहिएको जिकिर

७ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने जसपाका अध्यक्ष उपेन्द्र यादवको टिप्पणी, एउटा संवैधानिक व्यवस्था भएको संस्थाले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट स्वतन्त्र र अलग रहनुपर्ने भनाइ

८ माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बन्ने अभियानमा लागिपरेको माओवादी केन्द्रकी नेत्री पम्फा भुसालको दाबी, समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको भनाइ

९सरकारले सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको स्वास्थ्यमन्त्री विरोध खतिवडा भनाइ, पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन नागरिकलाई आग्रह

१० एमालेले विकासको मार्गमा उल्लेखनीय उपलब्धि हासिल गरेको चिनियाँ कम्युनिस्ट पार्टी भनाइ, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्रमा दुईपक्षीय सम्बन्धमा थप उचाइमा पुगेको प्रतिक्रिया

११ शनिबार देशभर २१३ जनामा कोरोना संक्रमण पुष्टि, ३२५ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु

१२ कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा, संकटकाल जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन सक्ने
१३ अमेरिकालाई ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रिया तुरुन्त रोक्न चीनको आग्रह, ताइवान अधिकारीहरूलाई विदेशी समर्थन नखोज्न कडा चेतावनी

१४ सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन सार्वजनिक, इटाली र पोर्चुगल एउटै समूहमा, को छनोट हुन्छ भन्ने सर्वत्र चासो

१५ र,आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले भोली आयोजक युएईसँग भिड्दै, ग्लोबल छनोटमा स्थान बनाउन नेपालले जितसँगै नेट रनरेटमा समेत भर पर्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?