पार्टीभित्र प्रतिस्पर्धा नभई एकता हुनुपर्छ : अध्यक्ष ओली

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीतिलाई दशौं महाधिवेशनबाट कार्यान्वयन गर्न चाहेको भन्दै उनले आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भन्दै पार्टीभित्र एकता हुनुपर्ने बताएका छन् । ‘पार्टीभित्र एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,’ उनले भने ।

नेताहरुलाई फेरि पनि पालो आउने भन्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न ओलीले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?