लागू औषध विरूद्ध बंगलादेशमा प्रहरीको आक्रमण, तेह्र ड्रग डिलर मारिए

एजेन्सी : लागू औषधको अवैध व्यापारमा संलग्नहरू विरूद्ध बंगलादेशी प्रहरीले आक्रमण तेज बनाएको छ । हालै शुरू गरिएको यो अभियान अन्तर्गत प्रहरीले १३ जनालाई गोली हानी मारेको छ भने हजारौंलाई पक्राउ गरेको छ ।

प्रहरीको ताजा आक्रमण अन्तर्गत गत आइतबार मात्रै चार जना ड्रग डिलर मारिएको प्रहरीले जनाएको छ । गत मंगलबारदेखि शुरू गरिएको यो अभियान अन्तर्गत ९ जना लागू औषधका कारोबारीलाई मारिसकिएको प्रहरीको र्यापिड एक्सन बटालियनका अधिकारीहरूले जनाए ।

बटालियनका अनुसार लागू औषधको कारोबारमा संलग्न करिब २ हजार ३ सयलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरू लागू औषधको ओसार पसारमा संलग्न रहेको आंशका गरिएको छ।
यो अभियान अन्तर्गत करिब २५ लाख अमेरिकी डलर बराबरको लागू औषध जफत गरिएको छ ।

गत साता प्रहरी अधिकारीहरूले लागू औषध ओसार पसारमा संलग्न रहेकाहरूलाई आत्मसमर्पण गर्न वा कानुनको पूर्ण कारबाहीको सामना गर्न तयार रहन चेतावनी दिएका थिए ।
बंगलादेशमा कफिन र मेथामफेटामाइनजस्ता ड्रगको कारोबार बंगलादशेमा व्यापक बन्दै गएकोले यसलाई समाप्त पार्न प्रहरीले प्रतिबद्धता जनाएको छ । 

लागू औषधका कारोबारी भनिएका जति सबै मारिएको अधिकारीहरूको विश्वास रहेको छ ।यसका समानन्तरमा रहेका केही बाँकी रहेका छन् ।
मारिएकाहरूको परिवारले यो गैरन्यायिक हत्या भएको भन्दा प्रहरीमाथि आरोप लगाएका छन् ।

म्यानमारको सीमाबाट ड्रगका चक्की बंगलादेश पस्न गरेको र यसलाई नियन्त्रण गर्न प्रहरी अधिकारीहरूलाई समस्या भइरहेको छ । लागू औषधको रूपमा प्रयोग हुने याबा चक्कीको ठूला परिमाण जफत गरिएको छ । गत वर्ष ४ करोड याबा चक्की जफत गरिएको थियो ।

२५ करोड देखि ३० करोड चक्की बजारमा प्रवेश गरिसकेको अनुमान छ ।

यो वर्षको तीन महिना भन्दा कम समयमा ९० लाख याबा चक्की जफत गरियो । यो वर्ष ६० करोड अमेरिकी डलर बराबरको याबा चक्की बजारमा बिक्री गरिएको लागू औषध नियन्त्रण विभागको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?