एमालेको बन्दसत्र ५ घण्टा ढिलो गरी सुरु

लोकपथ
13
Shares

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र भर्खरै सुरु भएको हो ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरेका छन् । बन्दसत्रलाई अध्यक्ष ओलीले केही बेरमा सम्बोधन गर्दैछन् ।

बन्द बन्दसत्रको हलभित्र स्क्रिनिङ नै नगरी प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई सुरक्षाको कारण देखाउँदै बाहिर निकालिएको थियो ।

महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुई सय २५ सदस्यीयलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो ।

एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?