बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति

लमजुङ : मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम संघले आपत्ति जनाएको छ । 

नेपाल मुस्लिम संघ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । मुस्लिम संघ, लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । 

नेपाली नागरिकको अथक प्रयास र बलिदानबाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापना भएपनि पछिल्लो समय धार्मिक अधिकारबाट मुस्लिम समुदायलाई वञ्चित गरिएको उनीहरुको गुनासो छ । 

मुस्लिम समुदायले मनाउँदै आएको मुख्य चाड इद र बकर इदमा कम्तीमा पनि एकदिन सार्वजनिक बिदा दिनुपर्ने मुस्लिम संघ, लमजुङका अध्यक्ष फजल उद्धिन मियाँले बताए । 

संघले पठाएको ज्ञापनपत्रमा मुस्लिमको मुख्य चाडपर्वमा बिदा दिनुपर्ने मागसँगै सविधानले व्यवस्था गरेबमोजिम राज्यका सवै निकायमा समानुपातिक समावेशी गर्नुपर्ने, मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्ने, मुस्लिम समुदायमा पठनपाठन हुँदै आएको र हाल सरकारद्वारा रोकिएको मदरसा शिक्षालाई तत्काल फुकुवा गरी अनुदान उपलब्ध गराउनु पर्नेलगायतका माग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?