अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने रावलको दाबी

लोकपथ
910
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको दाबी नछोड्ने बताएका छन् । चितवनमा जारी १०औँ महाधिवेशनको बन्दसत्र अघि कुराकानी गर्दै रावलले अध्यक्ष पदको दाबी नछोड्ने बताएका हुन् ।

“मेरो उम्मेदवारी जारी छ, अध्यक्ष ओलीसँग कुनै छल्फल भएको छैन ।” उनले भने । पदाधिकारी थप्ने छल्फल कसरी भयो भन्ने पनि आफूलाई थाहा नभएको उनले बताए ।

बिहान १० बजे सुरु हुने भनिएको एमाले महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?