बन्दसत्र हल प्रवेश गरे अध्यक्ष ओली

लोकपथ
403
Shares

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दशत्र सुरू गर्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन कार्यक्रम स्थल पुगेका छन् । अहिले प्रतिनिधिहरू हलमा प्रवेश गर्न लागेका छन् ।

शनिवार बिहान १० बजे नै सुरू हुने भनिएको बन्दशत्र ढिलो गरी सुरू भएको हो ।
एमालेमा सहमतीको प्रयास भैइरहेको र सहमती नजुट्दा बन्द सत्र सुरु हुन सकेको थिएन ।

अध्यक्ष ओली सफारी पार्कमा हाल सहमती जुटाउन प्रयासमा रहेका थिए । बन्दशत्रको शुरूमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

विदेशी प्रतिनिधिहरुलाई बोल्न दिइसकेपछि विधान संशोधन प्रस्ताव पेश गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?