किन ढिला भयो एमालेको बन्दसत्र ?

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमालेको बन्द सत्र सुरु हुन ढिलाइ भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र १ बज्दा सम्म सुरु हुन सकेको छैन।

एमालेमा सहमतीको प्रयास भैइरहेको र सहमती नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो ।

एमालेमा भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी गरिएको छ । उनले उम्मेदवारी फिर्ता लिन नेकपा एमाले नेता अग्नि खरेलले अग्रह गरेका छन् । १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन रावललाई खरेलले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

अन्य पदमा पनि आकांक्षी धेरै हुदा सहमती बनाउन सकसभइरहेको बुझिएको छ । बन्द सत्र होटल ७ स्टारमा हुनेछ । अध्यक्ष ओली बसेको सफारी पार्कमा हाल सहमती जुटाउन प्रयास जारी रहेको छ ।

यता, नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?