जापानका प्रधानमन्त्रीलार्इ नेपाल भ्रमणको निमन्त्रणा

काठमाडाैं :  प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्री सिञ्जो अाबेलार्इ नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् । 

आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत अोलीले नेपाल भ्रमणको निम्तो पठाएका हुन्। 

राजदूत ओगावाले सोमबार साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका थिए। आफ्नो कार्यकाल सकेर उनी मङ्गलबार स्वदेश फर्किंदै छन्  

भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 

आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत ओगावा नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सफल भएकोमा प्रधानमन्त्री ओलील बधाई ज्ञापन गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?