ए डिभिजन लिग : आज दुई खेलहरु हुँदै

लोकपथ
247
Shares

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लब भिड्दै छन् । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

लिग अन्तर्गत नै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन् । मनाङ र हिमालयनबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

दुवै टिमएक अर्कालाई पराजित गर्दै अंक दाउ सुधार्ने दाउमा मैदान उत्रने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?