२०२२ को विश्वकपमा इटाली र पोर्चुगलमध्ये एक राष्ट्रमात्रै खेल्न पाउने

लोकपथ
2k
Shares

काठमाडौं । २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ । शुक्रबार भएको समूह विभाजन अनुसार युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् ।

प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’रहेका छन् । यस्तोमा अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने तय भएको छ ।

खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

यस्तै प्लेअफको समूह ‘ए’ मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेको छ । समूह ‘बी’ मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?