एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित काम अन्तिम चरणमा

लोकपथ
520
Shares

काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित कामलाई अन्तिम चरणमा पुर्याएको छ । नेताहरुले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा नि र्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तिव्रता दिएको हो ।

समितिका संयोजक बिजय सुब्बाले समितिले गर्नुपर्ने तयारी लगभग पुरा भएको भन्दै अध्यक्षमण्डलले निर्वाचनको प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएपछि काम अघि बढ्ने बताए ।
यस्तै निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको बताए । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरु समेटिएको उनले बताए ।

आजै सौराहास्थित होटल सेभेन स्टारमा एमाले बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ भने नेताहरुले सहमतिमै नेतृत्व चयन हुने दाबी गर्दै आएपछि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । सोही कारण सहमति र निर्वाचन प्रक्रियासँग सम्बन्धित काम सँगसँगै अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?