एमाले महाधिवेशनअन्तर्गत आज बन्दसत्र हुँदै, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रले नेतृत्व चयन गर्नेछ । बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार बन्दसत्र उद्घाटन बिहान १० बजे हुनेछ । एमालेको दशौँ महाधिवेशन शुक्रबार नारायणी नदी किनारमा औपचारिक उद्घाटन भएको हो ।

आज बिहान १० बजे बन्दसत्रको कारबाही सुरु हुने र उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहने भट्टराईले जानकारी दिए ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु सहभागी छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?