कांग्रेस महाधिवेशन : दाङ जिल्ला सभापतिमा चारजना नाम दर्ता

लोकपथ
117
Shares

दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षधबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरू तीनैजना संस्थापन पक्षका हुन् ।

त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?