कांग्रेस खोटाङमा विष्णुकुमार राई सभापतिमा विजयी

लोकपथ
77
Shares

खोटाङ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन् । जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दैै विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

विष्णुकुमारले ६६९ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री सर्वधनले ६१० मत मात्र प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य पदाधिकारीमा पनि नव निर्वाचित जिल्ला सभापति विष्णुकुमारको समूहनै विजयी भएका छन् ।

उपसभापतिमा ईवन राईले ७५३ मत र तीर्थराज भट्टराई ७४२ मत ल्याएर विजयी भएका छन् । उपसभापतिका उम्मेदवार बनेका मनोज तिम्सिनाले ५४३ र राजन सैंजूले ३८४ मत ल्याएका छन् ।

सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी भएका छन् । सचिवका उम्मेदवार रामकुमार राईले ५११ र रोजन राईले ५५३ मत पाएका छन् । सहसचिवमा साजन राईले ६२४ र सालिकराम बञ्जराले ५९३ मत ल्याएर विजयी भएका छन् । सो पदमा ध्यानबहादुर राईले ५६४ र राजकुमार राईले ५७७ मत ल्याएका छन् ।

सातौँ जिल्ला अधिवेशनका लागि एक हजार ३७३ प्रतिनिधि चुनिएकामा एक हजार ३२२ मत खसेको थियो । विष्णुकुमार कांग्रेस खोटाङको चौँथोँ कार्यकालका लागि जिल्ला सभापतिमा पुनः निर्वाचित भएका हुन् ।

जिल्ला कार्यसमितिका लागि सदस्यहरु र महाधिवेशन प्रतिनिधिको मत भने गणना हुन बाँकी रहेको जनाइएको छ । क्षेत्र नं १ ‘क’ को सभापतिमा राजेन्द्र राईको प्यानल ९समूह० र क्षेत्र नं। २ ‘ख’को सभापतिमा दिनेशकुमार घिमिरे विजयी भएका जनाइएको छ । अर्का उम्मेदवार भक्तजङ्ग राईलाई ९२ मतले पछि पार्दै ३७२ मत ल्याएर राजेन्द्र राई प्यानलसहित विजयी भएका छन् ।

सभापतिका अर्का उम्मेदवार चण्डीकुमार राईलाई ५६ मतले पछि पार्दै घिमिरे क्षेत्रीय सभापतिमा निर्वाचित भएका जनाइएको छ । घिमिरेले ३३१ मत ल्याउँदा राईले २७५ मत मात्र ल्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?